ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा सम्मानित

डिसी नेपाल
२२ मंसिर २०७६ १४:१५

सान फ्रान्सिस्को । ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन्। सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको हाे।

स्वदेशी उत्पादनलाई आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवामा पनि विशिष्ट योगदान पुर्याए वापत ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ मा उनलाई उच्च सम्मान गरिएको हाे।

नेपाली ढाकालाई विश्वको ३३ वटा राष्ट्रमा पुर्‍याई नेपालको स्वदेशी उत्पादन ढाकालाई विश्वसामु परिचित गराउन सफल उद्यमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाई संसारभर परिचित बनाउन सफल भएकी छिन । उनी समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाई आफ्नो कर्मबाट सम्बृद बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *