साँफे मार्तडी सडकको भाडादर घट्यो

डिसी नेपाल
२३ मंसिर २०७६ ७:४१

अछाम । मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ।

कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिदै आएका थिए।

यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले भने “अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्छौ।”

जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई भाडादरबारे जानकारी गराई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।

बाइस वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य थिए।

अव साँफेसम्मको भाडा घटेसँगै रु एक हजार ३०० रहेको धनगढीसम्मको भाडामा रु ३३५ झर्ने भएको छ। मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो।

कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी कोल्टी ४३ किलोमिटरमा रु ८००, मार्तडी डोगडी करिब ३६ किलोमिटरमा रु ७०० भाडा उठाउँदै आएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *