बेलकोटगढीबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ

डिसी नेपाल
२३ मंसिर २०७६ १२:३३

नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *