कार दुर्घटनामा परी ग्लोबल आईएमई बैँकका प्रबन्धकको मृत्यु

डिसी नेपाल
२३ मंसिर २०७६ १३:००

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बोर्डगाउँ नजिकै  बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर  दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ ।

कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका–९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाको छ।

पाण्डेले चलाएको कार तिव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा परी अन्य ५ जना घाईते भएका छन् ।

घाईते मध्ये २ जनाको बुटवल तथा ३ जनाको स्थानीय वाणगंगामाको सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *