‘झिँगेदाउ’की केकी

डिसी नेपाल
२३ मंसिर २०७६ १३:२७

काठमाडौं। अभिनेत्री केकी अधिकारीले फिल्म ‘झिँगेदाउ’को सुटिङ ज्वाइन गरेकी छिन्। हालै अमेरिकामा भएको ‘ग्लोबल फिल्म अवार्ड’ र अभिनेत्री ऋचा शर्माको विवाहमा सहभागी भएपछि केकी फिल्म ‘झिँगेदाउ’ को छायांकनका लागि भकुेन्डेबेसी पुगेकी हुन्।

केकीले फिल्मको सुटिङ ज्वाइन गरेसँगै उनको लुक्स पनि सार्वजनिक गरिएको छ।फिल्ममा उनले एक विवाहित गाउँले महिलाको भूमिका निभाएकी छिन्। सार्वजनिक तस्विरमा केकीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ्। सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा हरियो पोते र रातो चौबन्दी चोलीमा सजिएकी केकीलाई ऐनामा हेर्दै गरेको देख्न सकिन्छ। उनको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ। केकीले यसअघि नीर शाह निर्देशित फिल्म ‘मसान’ मा उनलाई यस्तै लुक्समा देखिएको थियो।

‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माको पनि प्रमुख भूमिका छ। केही दिन अगाडि निर्माण टिमले आँचलको लुक्स सार्वजनिक गरेको थियो। उनी पनि केकीको जस्तै लुक्समा प्रस्तुत थिइन्।

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’को भकुन्डेवेसीमा छायांकन भैरहेको छ। खोटाङको हलेसीमा छायांकन सकेर यसको टिम भकुन्डेवेसी आईपुगेको हो। साहित्यकार भीमनीधि तिवारीको अख्यानमाथि निर्माण हुने ‘झिँगेदाउ’मा आँचलका अलावा मुकुन भुषाल, केकी अधिकारी, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन्। फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *