संसदीय समितिमा परेका उजुरीमाथि किन भएन छलफल ?

डिसी नेपाल
२३ मंसिर २०७६ १४:२०

काठमाडौं। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि अहिलेसम्म छलफल नभएको सांसदहरुले बताएका छन्।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि छलफल हुन नसकेको बताएका हुन्।

समितिका सभापति पूर्णकुमारी सुवेदीले यसअघि सांसद महेश बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको बताइन्। त्यसैले अब नयाँ उपसमिति गठन गरी काम गर्नुपर्ने उनले बताइन्।

त्यस्तै समितिले वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, भूमि, सहकारी तथा गरीवी निवारण मन्त्रालय तथा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका ऐन, नियमावली तथा समस्या र उजुरी सम्बन्धमा पनि छलफल अगाडी बढाउने भएको छ।

समितिको आन्तरिक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सांसदहरुले सिंचाईलाई प्राथमिकता दिएर छलफल अगाडी बढाउनुपर्ने बताए। त्यस्तै किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा सांसदहरुले जोड दिए।

सांसद हरिबोल गजुरेलले विभिन्न सडक निर्माण गर्ने काममा भूमिको जथाभावि प्रयोग बढेकाले त्यसमा आवस्यक अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *