काठमाडौं-तराई द्रुत मार्ग आगामी चार बर्षमा संचालनमा आउने

डिसी नेपाल
२३ मंसिर २०७६ १६:५६

काठमाडौं । काठमाडौं—तराई द्रुत मार्ग को करिब २८.९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ । सेनाले सोमबार पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८.९ किलोमिटरमा सत प्रतिशत भएको जनाएको हो ।

कुल ११.३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५.३ किलोमिटर सडकको काम ८० प्रतिशत भन्दा कम काम भएको सेनाले जनाएको छ । ७२.५ किलोमिटर लम्बाइको द्रुतमार्गमा ५५.५ किलोमिटर सडक, ६.४१ किलोमिटर सुरुङ र १०.५९६ किलोमिटरमा पुल बन्ने नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिए ।

द्रुतमार्गमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरि, तीन ठाउँमा सुरुङमार्ग निर्माण गरिनेछ । महादेवडाँडामा ३.३५५, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर सुरुङ मार्ग निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

द्रुत मार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्ने छ । ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाई हुनेछ । भौगोलिक अवस्था, कार्य जटिलता, लगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यलाई प्राथमिकता दिइएको सेनाले जनाएको छ । सेनाले अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । विस. २०८१ बैशाखसम्ममा द्रुत मार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले भ्रमण वर्षको अवशरमा जंगल सफारी र लामो पदयात्रा गरिने बताए ।

त्यसैगरि, बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, उच्च तथा समथल भूभागमा साहसिक खेल, संयुक्त राष्ट्र संघिय शान्ति स्थापना कार्यसम्बन्धि सेमिनार दोड, एकिकरण पदयात्रा गोरखाको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता गरिने पवक्ता पाण्डेले बताए । त्यस्तै प्याराग्लाईडिङ र खेलकुदका माध्यमबाट मित्र राष्ट्रका सेना तथा उनीहरुका आफन्तहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्ययोजना पनि नेपाली सेनाले बनाएको छ ।

सेनाले सैनिक विज्ञान तथा प्रविधि मेलाको आयोजना गर्ने पनि जनाएको छ । पहिलो पटक २०७० सालमा मेलाको आयोजना गरिएको थियो । यसपटकके मेलामा विज्ञान र प्रविधिको क्षेत्रमा दिर्घकालसम्म लागिरहने वातावरण सिर्जना गर्न सैनिक विज्ञान तथा प्रविधि मेलाले सहयोग पुग्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *