विवादित भारतीय नक्सा खारेजको माग गर्दै नेमकिपाले भारतीय दूतावासमा बुझायो ज्ञापन पत्र

डिसी नेपाल
२३ मंसिर २०७६ २०:३५

काठमाडौं। नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी तयार गरिएको भारतको नक्सा खारेज गर्न भन्दै नेपाल स्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरीएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौरस्थित भारतीय राजदूतावासमा बुझाएको हो । सोमबार दिउँसो लैनचौर स्थित खानीविभागबाट ¥यालि सुरु गरी दुतावास सम्म पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो ।

त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ । नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताए।

सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *