अमेरिकामा पत्रकारद्वारा स्वर्गीय बिनय कसजु र बिनय गुरुवाचार्य प्रति श्रद्धान्जलि

डिसी नेपाल
२४ मंसिर २०७६ ९:२१

डिसी। अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा दिवंगत वरिष्ठ पत्रकारद्वय स्व बिनय कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण गरिएको छ।

मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल (ईञ्जा )ले डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता ,संचारकर्मी तथा समुदाय सदस्यहरुको उपस्थितिमा नेपाली भाषा-साहित्य, पत्रकारिता र संचार जगतका दुई धरोहरहरु स्व कसजु तथा स्व गुरुवाचार्य प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको हाे।

ईञ्जाले पहिलो पटक बाल्टिमोरमा कार्यक्रमको आयोजना गरेको हो । उक्त श्रद्धान्जली सभामा स्व कसजु तथा स्व गुरुवाचार्यको बारेमा संक्षेपमा वहाहरुको परिचय ,समाज र पत्रकारिता जगतमा वहाहरुले गरेका योगदानको बारेमा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले चर्चा गरेका थिए।

दिवंगत हुने स्व कसजु तथा स्व गुरुवाचार्यको लागि नेपाल तथा अन्य मुलूकबाट वहाहरुलाई श्रद्धान्जली अर्पण गर्दै वहाहरुको बारेमा सन्देश पठाईएको अडियो (श्रब्य) भिडियो (श्रब्य दृश्य )समेत प्रस्तुत गरिएको थियो।

पत्रकारिता पेशाका स्थापित तथा चर्चित पत्रकारहरु तीर्थ कोइराला ,कपिल काफ्ले ,ध्रुबहरि अधिकारी, रामकृष्ण रेग्मी, बेल्जियमबाट लक्ष्मण देबकोटाले दुवै जनाको बारेमा पत्रकारितामा वहाहरुको भूमिका ,योगदान र वहाहरुको बहुआयमिक व्यक्तित्वको बारेमा संक्षेपमा चर्चा गर्नु भएको श्रब्य दृश्य (भिडियो )प्रस्तुत गरिएको थियो।

पत्रकार तीर्थ कोइरालाले दुवैको बारेमा चर्चा गर्दै गुरुवाचार्य कुनै पनि समाचारलाई ३ श्रोत संग निश्चित (प्रमाणित )गरे पछि मात्र समाचार लेख्ने बताउनु भएको थियो । कसजू चेतनाले भरिएको मानिस ,पाल्पामा गएर घर मै भेटेको स्मरण गर्दै ग्रामिण पत्रकारिताको बिकासमा उहाको योगदानको बारेमा चर्चा गरे।

यसै बेल्जियमबाट पत्रकार लक्ष्मण देबकोटाले कसजूले केन्द्रमुखी पत्रकारितालाई ग्रामिणमुखि बनाउन सफल भए। स्व कसजु कम बोल्ने र लेख्दा रुवाउन सक्ने ,हसाउन सक्ने क्षमता भएको बताए।

यसै गरि ईञ्जाका संरक्षक योगेश उपाध्यायले दुवैको चर्चा गर्नु भएता पनि कसजुलाई नजिकबाट चिनेको बताए। यसै गरी ईञ्जाका सल्लाहकार हरि अधिकारीले लुम्बिनी अञ्चलबाट लेख्ने पत्रकारहरु मध्ये स्व कसजु लेखनमा सर्व श्रेष्ठ बताएकाे बताए।

यसै गरी बाल्टिमोरका पत्रकार सतिस चापागाई स्वयम् पाल्पाको भएकोले पाल्पामा छापाखाना लगेर चलाए। र सत्य भन्ने साप्ताहिक पत्रिका संचालन गरेकाे जानकारी दिए।

यसै गरी महा बाणिज्यदुत प्रेमराजा महतलगायत अन्य विभिन्न संघ/संस्थाका नेतृत्व/ प्रतिनिधि/संचारकर्मीहरुले पनि वहाहरुको बारेमा बोल्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए।

कार्यक्रममा संक्षेपमा ईञ्जाका सदर मुकामका वरिष्ठ उपाध्यक्ष सुनिल दाहालले संस्थाको बारेमा परिचय,उद्धेश्य र भावी योजना बारेमा चर्चा गरेका थिए भने कार्यक्रम संचालन ईञ्जाका वरिष्ठ उपाध्यक्ष (ग्लोबल,बिश्व)बिष्णु शीतलले संचालन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *