न्युयोर्कको ज्याक्सन हाइटमा दुई नेपाली युवामाथि बंगाली समूहद्वारा छुरा प्रहार

डिसी नेपाल
२४ मंसिर २०७६ ११:०१
8
Shares

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा दुई नेपाली युवामाथि बंगाली युवाको समूहले छुरा प्रहार गरेको छ । छुरा प्रहारबाट सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोक हेलम्बुका ङवाङ पासाङ लामा हृयोल्मो घाइेते भएका छन् ।

उनीहरू शुक्रबार मध्यरातमा नेपालीले सञ्चालन गरेको दिल्लीहाइट्सबाट खाना खाएर निस्कदै थिए । फर्कने क्रममा झगडा गरिरहेको स्थानीय वंगाली युवाहरूमध्ये केहीले के हेरेको भन्दै आक्रमण गरेको उनीहरूले बताएका छन्।

स्थानीय एलमस्ट अस्पतालमा उपचार गराइरहेका उनीहरूमध्ये पेम्बाको मृगौला नै खराव हुने गरी आक्रमण गरिएको छ। स्थानीय केही नेपालीले घटनालाई ग्याङफाइट भने पनि त्यस्तो नभएको घाइते ङवाङले बताएका छन्।

स्थानीय प्रहरीले आक्रमणकारीहरू पक्राउ गरिसकिएको र घटनामाथि अनुसन्धान भैरहेको बताएको छ।

बीएल सेवा– ब्युरो/न्युयोर्क


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *