निर्भयाका दोषीलाई फाँसी दिने तयारी सुरु, यस्तो हुन्छ फाँसीको नियम र प्रक्रिया

डिसी नेपाल
२४ मंसिर २०७६ १३:४६

नयाँ दिल्ली। सन् १९८३ मा भारतको सर्वोच्च अदालतले स्पष्ट निर्देशन दिएको थियो कि भारतमा ‘रेयरेट अफ द रेयर’ अर्थात सबैभन्दा संगीन अपराधमा मात्र फाँसीको सजाय दिइनेछ । २०१२ मा भएको निर्भया हत्याकाण्डलाई अदालतले यही श्रेणीको अपराध मान्यो र दोषीहरुलाई फाँसीको सजाय सुनाएको थियो । उनीहरुलाई फाँसी दिने समय नजिक आइरहेको छ । बिहारको बक्सर जेलमा फाँसी दिने १० वटा डोरी बनाउन पठाइएकोले उनीहरुलाई फाँसी दिने समय नजिकै आइसकेको अनुमान गरिएको छ ।

अदालतले फाँसीको सजाय सुनाएपछि डेथ वारेन्टको प्रतिक्षा गरिन्छ । राष्ट्रपतिबाट दया याचिका खारेज भएपछि यो वारेन्ट कुनै पनि बेला जारी हुन सक्छ । वारेन्टमा फाँसी दिने मिति र समय लेखिएको हुन्छ । मृत्युदण्ड पाउने कैदीको साथमा अगाडिको कारवाही जेलको म्यानुअलअनुसार हुन्छ । हरेक राज्यको आ–आफ्नो जेल म्यानुअल हुन्छ । कसैलाई फाँसी दिँदा केही नियमको पालना गर्नुपर्छ जसको बिना फाँसीको प्रक्रिया अधुरो मानिन्छ । यी नियमको पालना नगरी फाँसीको प्रक्रिया पूरा गरिँदैन ।

डेथ वारेन्ट जारी भएपछि कैदीलाई उसलाई फाँसी दिइँदैछ भनेर जानकारी दिइन्छ । जेल सुपरिटेन्डेन्टले प्रशासनलाई पनि डेथ वारेन्टको जानकारी दिन्छन् । यदि कैदीलाई राखिएको जेलमा फाँसी दिने व्यवस्था छैन भने उसलाई डेथ वारेन्ट आएपछि अर्को जेलमा सारिन्छ । फाँसी दिने समय महिनाको हिसाबले फरक फरक हुन्छ तर बिहान ६, ७ वा ८ बजे भित्रमा हुन्छ र बिहानकै समयमा हुन्छ । यसको पछाडिको कारण बिहान अन्य कैदी सुतिरहेका हुन्छन् । जुन कैदीलाई फाँसी दिने हो उसलाई पूरा दिन मृत्युको प्रतिक्षा गर्नु पर्दैन । साथमा परिवारले पनि दिनमा अन्तिम संस्कार गर्न पाउँछन् ।

कैदीको परिवारलाई फाँसी दिने दिनको १०–१५ दिन पहिले नै फाँसीबारे सूचना दिइन्छ ताकि परिवारका सदस्य अन्तिम पटक कैदीसँग भेट्न सकुन् । जेलमा कैदीको पूरा चेकिङ हुन्छ । उसलाई अन्य कैदीभन्दा फरक सेलमा राखिन्छ । फाँसीको दिन बिहान सुपरिटेन्डेन्टको निगरानीमा गार्ड कैदीलाई फाँसी कक्षमा लैजान्छन् । फाँसीको समयमा जल्लादका अलावा ३ अधिकारी उपस्थित हुन्छन् । यी तीन अधिकारी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर र मजिस्ट्रेट हुन्छन् ।

सुपरिटेन्डेन्टले फाँसीअघि मजिस्ट्रेटलाई ‘मैले कैदीको पहिचान गरें र उसलाई डेथ वारेन्ट पढेर सुनाएँ’ भन्छन् । डेथ वारेन्टमा कैदीको हस्ताक्षर हुन्छ । फाँसी दिनुअघि कैदीलाई नुहाउन लगाइन्छ र नयाँ कपडा लगाउन दिइन्छ । त्यसपछि कैदीलाई फाँसीको फन्दासम्म ल्याइन्छ । फाँसी दिनुभन्दा पहिले कैदीको अन्तिम इच्छा सोधिन्छ । यी इच्छाहरुमा परिवारसँग भेट्ने, राम्रो खाना खाने वा अन्य इच्छाहरु हुन्छन् ।

जुन अपराधीलाई फाँसी दिइन्छ उसको अन्तिम समयमा जल्लाद नै उसको साथमा हुन्छ । सबैभन्दा ठूलो र मुस्किल काम जल्लादकै हुन्छ । फाँसी दिनुभन्दा पहिले जल्लाद अपराधीको कानमा केही बोल्छ त्यसपछि उनले लिभर तान्छ । अन्तिम समयमा जल्लादले कानमा भन्छ ‘हिन्दुहरुलाई रामराम मुस्लिमहरुलाई सलाम । म आफ्नो कर्तव्यको अगाडि बाध्य छु । म तपाइँ सत्यको बाटोमा हिँड्ने कामना गर्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *