एक हजार ९६ जनाका लागि सरकारी जागिर खुल्यो (सूचनासहित)

डिसी नेपाल
२५ मंसिर २०७६ ७:३९

काठमाडौँ । लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) क्षेत्रका विभिन्न पदमा खुल्लातर्फ ७ सय ६८ तथा बढुवातर्फ ३ सय २८ गरी एक हजार ९६ जना शाखा अधिकृतका लागि दरखास्त आह्वात गरको हो ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार सामान्य प्रशासनतर्फ सबैभन्दा बढी ५६० तथा लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदका लागि दरखास्त आह्वान भएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले लोक सेवा आयोगको वेब साईड http://www.psc.gov.np/मा गई फारम डाउनलोड गरी पुस २९ गते भित्रमा दरखास्त दिन सक्ने छन् ।

लोक सेवा आयोगद्वारा प्रकाशित सूचना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *