एकाएक भाइरल भएको यो तस्वीर
नयाँ दिल्ली। फिल्म अभिनेत्री एवं तृणमुल कांग्रेस सांसद नसरत जहाँको एउटा इन्स्टाग्राम पोस्ट यतिबेला भाइरल भएको छ। यो पोष्टमा नसरत सडक किनारा फुटपाथमा एक जना बालकसँग देखिएकी छन्। उनले उक्त पोस्टमा मर्मस्पर्सी क्याप्शन पनि लेखेकी छन्। सामाजिक संजाल प्रयोगकर्ताले नुसरतको यो पोस्टालाई निकै मन पराएका छन्।
सधैं चर्चामा आउने र सामाजिक संजालमा सक्रिय हुने नुसरत जहाँले सोमबार राति आफ्नो इन्स्टाग्राममा तीन वटा तस्वीर शेयर गरेकी थिइन्। यी तस्वीरमा नुसरत जहाँ सडकको किनारा फुटपाथमा एक जना बालकलाई काखमा लिएकी छन्।
यो फोटोमा नुसरतले कालो रंगको ज्याकेट र जिन्स पाइन्ट लगाएकी छन्। यो तस्वीरसँगै उनले लेखेकी छन्–यी विशेष प्यारा बालकले मेरो विकेण्ड शानदार बनाइदिए।’
क्याप्सनमा उनले अगाडि लेखेकी छन्–डेढ वर्षको यी बालक बेलुन बेचिरहेका थिए। र, यी प्यारा बालक बेलुन भन्दा धेरै प्यारा र रंग विरंगी थिए।’
इन्स्टाग्राममा १९ लाख भन्दा धेरै फलोअर्स भएकी नुसरतको यो पोस्टमा ४९ हजार ६ सय भन्दा धेरै युजर्सले लाइक गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment