निर्भया काण्डका अभियुक्तलाई फासी दिन तिहाड जेलमा यस्तो तयारी

डिसी नेपाल
२५ मंसिर २०७६ १२:१४

नयाँ दिल्ली। १६ डिसेम्बरको त्यो कालो रात जब भारतको सडकमा भएको बलात्कारपछि पूरै भारतको चर्को विरोध भएको थियो। बालात्कारपछि मृत्युको निद्रामा सुताएर भाग्ने अभियुक्तलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर जेल पठाएको थियो।

त्यसपछि उनीहरुलाई फासीको सजाय हुनु पर्ने माग पूरै भारतमा उठेको थियो। अब त्यो माग पूरा हुने दिन आएको छ। उनीहरुलाई चाँडै फासी दिइने भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतीय संचारमाध्यमका अनुसार उनीहरुलाई फासी दिइन तिहाड जेलभित्र फासी दिइने ठाउँ तयार पारिएको छ। तिहाड जेलभित्र फासी दिने ठाउँको यतिबेला सरसफाइ भइरहेको छ। यस्तो सफाइ त्यतिबेला गरिन्छ जतिबेला कसैलाई चाँडै फासीमा झुण्डाइन्छ। यद्यपी यो विषयमा जेल प्रशासनले केही बोल्न अस्वीकार गरको छ। राष्ट्रपति कार्यालयले अभियुक्तले गरेको याचिका खारेज भए नभएको विषयमा केही खुलाएको छैन।

मिडियामा आएको फासीको सजाय सम्बन्धि समाचार दोषीसम्म पुगिसकेको छ। यद्यपी उनीहरु सबैलाई अगल अगल सेलमा राखिएको छ। उनीहरुले आफूलाई फासी दिइँदै छ भन्ने थाहा पाएका छन् र उनीहरु राम्रोसँग सुत्नसमेत छोडेका छन्।

संचारमाध्यमका अनुसार जुन सेलमा निर्भया काण्डका दोषी बन्द छन्, उक्त सेलमा अतिरिक्त सुरक्षा व्यवस्था गरिएको छ। त्यहाँ सीसीटीभी लगाइएको छ भने आधा रातसम्म पनि त्यहाँको व्यवस्था जाँच गर्न जेलका अधिकारी आउने गरेका छन्। रातिको खाना पनि सेलमा नै पुर्याउने गरिएको छ।

यी चारै जना दोषीको डेथ वारेन्ट जारी भएको छैन। तर पेपरमा कुनै पनि बेला हस्ताक्षर हुन सक्छ। निर्भया काण्डका चार दोषी मध्ये एक जनालाई तिहाड जेलमा शिफ्ट गरिएको छ। यही जेलमा चार दोषी मध्ये दुई अक्षय र मुकेश बन्द छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *