‘मिस वल्र्ड’को टप ४० मा पुगिन् अनुष्का

डिसी नेपाल
२५ मंसिर २०७६ १३:१६

काठमाडौं। ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्।

आउँदो शनिबार अर्थात डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वल्र्ड’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै अनुष्का लण्डन पुगेकी हुन्। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा अनुष्काले आफूलाई टप ४० मा सुरक्षित गरेकी छिन्।

उनले प्रतियोगीतामा दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर आफूलाई टप ४० मा पुर्याएकी हुन्।

‘हेड टू हेड’ च्यालेञ्जमा अनुष्काले पहिलो चरणमा इन्डोनेशिया र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी हुन्।

उनी भोटिङको आधारमा हुने मल्टिमिडिया अवार्डको पनि दाबेदार रहेकी छिन्। यो अवार्डको टप ३ मा अनुष्काले उपस्थिति जनाएकी छन्। मल्टिमिडिया अवार्डको लागि मेक्सिको र मंगोलियाकी सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *