बिहीबार विदा भन्ने हल्लामात्र, कसरी फैलियो विदाबारे हल्ला?

डिसी नेपाल
२५ मंसिर २०७६ १८:१७
28
Shares

काठमाडौं। बुधबार समाचार पोर्टलहरुमा बिहीबार देशभर सार्वजनिक विदा भनेर समाचारहरु प्रकाशित भए। कुनै एक अनलाइनले लेखेको समाचार अरु अनलाइनले पुष्टि नगरी कपी पेष्ट गर्दै समाचारहरु बनाइरहे। बुधबार बेलुकासम्म विदाबारे सामाचार भाइरल बन्यो।

तर, बिहीबार सरकारले भने विदा दिएकै छैन। गृहमन्त्रालयका सहप्रवक्ता उपसचिब उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक विदा नदिएको डिसी नेपाललाई जानकारी दिए।

खासमा बिहीबार विदा भएको समाचार भाइरल हुनुको कारण २०७५ मा भएको एक निर्णयले हो। तत्कालीन संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र गृहमन्त्री रामबहादुर थापाले २०७६ मा थप गरिने विदाबारे एक निर्णय गरेका थिए।

सो निर्णयमा उँधौली पर्वका अवसरमा मंसिर २६ गते विदा प्रस्ताव गरिएको थियो। सो प्रस्ताव भने पारित भइनसकेकाले बिहीबार उँधौलीका अवसरमा सार्वजनिक विदा नहुने भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *