प्रेस युनियनको महाधिवेशन स्थगित, अध्यक्ष सिग्देलले मागे माफी
काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन फेरि रोकिएको छ। पटक पटक मिति घोषणा गरेर रोकिँदै आएको प्रेस युनियनको महाधिवेशन यही मंसिर २८ र २९ गते काठमाडौंमा गर्ने भनिएको थियो।
तर, दुई दिन अगाडि बुधबार अध्यक्ष बद्रि सिग्देलले विज्ञप्ति जारी गर्दै हाललाई महाधिवेशन गर्न नसकिने भन्दै महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। अध्यक्ष बद्रि सिग्देलले समयमै महाधिवेसन गर्न नसकेको प्रति क्षमायाचना गरेका छन्।
विज्ञप्तिमा मंसिरको सोही मितिमा नेपाली काँग्रेसको महासमिति बैठक पर्न गएको, त्यसलगत्तै पार्टीले विभिन्न चरणका राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको, पार्टी उपनिर्वाचनमा होमिनु परेकोलगायत कारणहरु उल्लेख गरी महाधिवेशन गर्न असमर्थ भएको जनाईएको छ।
बाँकि रहेका जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, तत्कालै केन्द्रीय समितिको बैठक बोलाएर पुनः महाधिवेशनको मिति तय गर्ने प्रतिवद्धता विज्ञप्तिमार्फत जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment