टान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता

डिसी नेपाल
२५ मंसिर २०७६ २२:०४

काठमाडौं । नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीच दुईपक्षीय समझदारी भएको छ । भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्नेगरी ११ बुँदे समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्ष।र गरेको टानले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा भ्रमण वर्ष सचिवालयका संयोजक वैद्यले भ्रमण वर्ष २०२० अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताए । भ्रमण वर्ष अभियानले नीतिगत रुपमा मात्रै नभई युवालाई रोजगार सृजना गराउन मद्दत पु¥याउनेमा जोड दिए ।

टानका अध्यक्ष सुवेदीले भ्रमण वर्ष २०२० सङ्ख्यामा २० लाख मात्रै नभई धेरैभन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक वृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीलाई आठ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० का सदस्यसचिव बच्चुनारायण श्रेष्ठले निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण वर्ष २०२० अभियान सफल हुनेमा ध्यानाकर्षण गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *