चोरले घरमा चोर्ने कुरा केही नपाएपछि मालिकको नाममा लेखे यस्तो चिठी

डिसी नेपाल
२६ मंसिर २०७६ १०:३३

काठमाडौं। विश्वभरी नै चोरीका घटना भइरहन्छन् तर कहिलेकाहीँ चोरका कुनै कुनै कर्तुतहरु निकै चर्चामा रहन्छन् । यस्तै एउटा घटना हालै सार्वजनिक भएको छ । चोरले घरमा चोरी गर्ने कुनै कुरा नपाएपछि घरमालिकको नाममा चिठी लेखेर ऐनामा टाँसिदिएका छन् । आज तकको समाचार अनुसार घटना मध्य प्रदेशको शाजापुरको हो ।

यहाँ एक सरकारी इन्जिनियरको घरमा रातको समयमा चोरीको कोसिस भयो । तर चोरले चोर्न लायक कुनै पनि चीज भेटेनन् । त्यसपछि चोरले मालिकलाई कन्जुस भन्दै पत्र लेखेर ऐनामा टाँसिदिए । चोरले लेखे ‘तँ धेरै कन्जुस छन् । झ्याल फुटाएको मेहनत पनि पाइन । रात खराब भयो ।’ चोरले यो लेखेको कागज ऐनामा टाँसेर फरार भए ।

इन्जिनियर प्रविण सोनी त्यस दिन बाहिर गएका थिए । बिहान उनको घरेलु कामदार उठेर हेर्दा दराजहरु खुलेका थिए । कपडा र घरको सामान भुइँमा छरिएको थियो । ऐनामा मालिकलाई कन्जुस लेखेर नोट टाँसिएको थियो । उनले पुलिसलाई खबर गरेपछि पुलिसले अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *