निर्भया काण्डका दोषीले मृत्युदण्ड अगाडि सम्झिए वेद र पुराण
नयाँ दिल्ली। भनिन्छ जब मृत्यु अगाडि आउँछ, तब मानिसले आफ्नो जीवन कालमा गरेका सबै नराम्रा कर्मको सम्झना आउँछ र पछुतो लाग्छ। यही क्रममा मानिसहरु भगवानसँग सम्बन्धित विषयमा भरोसा गर्न थाल्छ। यस्तै घटना निर्भया बलात्कार काण्डका दोषीसँग पनि भएको छ।
मर्नु अगाडि उनीहरुलाई वेद र पुराणमा उल्लेख गरिएका विषय सम्झना आइरहेको छ। त्यतिमात्रै होइन उनीहरु फासीबाट बच्न अनेक प्रकारका तर्क पनि गरिरहेका छन्।
निर्भया काण्डका दोषी अक्षयकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको पुनर्विचारको याचिकामा वेद पुराणकोमा उल्लेख गरिएको विषयमा समावेश गरेका छन्। उनले लेखेका छन्–सरकारले कुनै व्यक्ति महिला विरुद्धको हिंसा वा अपराधमा सहभागी भए पनि फासी नै दिनुपर्छ भन्ने छैन। बरु उनीहरुलाई परिवर्तन गर्न सुनियोजित तरिकाले सुधारको काम गर्नुपर्छ। फासीबाट केवल अपराधी मर्छ अपराध मर्दैन।’

याचिकामा वेद पुराणलाई उद्धृत गर्दै लेखिएको छ–मृत्युदण्ड किन? जब मनुष्यको आयु कम भइरहेको छ, सत्य युगमा मानिस हजार वर्षसम्म बाँच्थे। तर कलियुगमा सय वर्ष पनि बाँच्दैनन्। यो युगमा मानिसको उमेर ५०–६० वर्षको हुन्छ। कलियुगमा निकै कम मानिसमात्रै १०० वर्षसम्म बाँच्छन्।’
उनले याचिकामा जब एक व्यक्ति जीवनको सत्यको सामना गर्छ र विपरित परिस्थितिमा बाँच्छ भने त्यो जिउँदो लाश बराबर हो। यस्तो अवस्थामा फासी नदिँदा केही फरक पर्दैन भनेर उल्लेख गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment