आगलागी हुँदा ५ जना घाईते लाखौँ धनमालको नष्ट

डिसी नेपाल
२६ मंसिर २०७६ १४:२९

काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्ष्ति भएको छ । बुधबार राति र बिहीबार विहान देशका विभिन्न स्थानमा भएको आगलागीबाट

बुधबार राति काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई आगलागी हुँदा रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् ।

उक्त आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि बीर अस्पतालको ट्रमा सेन्टर पठाइएको छ । त्यसमध्ये गम्भिर २ जनालाई थप उपचारको लागि किर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आगलागीबाट भान्सा कोठामा रहेका विभिन्न किसिमका सामानहरु जलेर झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै बुधबार राति नै झापाको भद्रपुर नगरपालिका–८ सगरमाथाचोक बस्ने महोमद हुसेनको फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी बिहीबार बिहान सोही स्थानमा रहेको भुपेन यादवको मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–३ सुकुम्वासी टोल बस्ने ४५ वर्षीय हर्कबहादुर बिकको घरमा बुधबार राति आगलागी हुँदा छिमेकी ६० वर्षीय धनबहादुर बिक र ३५ वर्षीय यमबहादुर बिकको घरमासमेत आगलागी हुँदा तीनवटा घर जलेर झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी बिहीबार बिहान संखुवासभामा निर्माणाधिन रामबेनी ओखरबोटे सडकको किनारामा पार्किङ गरी राखेको बज्रगुरू निर्माण कम्पनीको जेसिबीमा अज्ञात समूहले आगो लगाउँदा जेसिबी पूर्णरुपमा जलेर नष्ट भएको छ । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिका–७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्स्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखेको ना. १ क ३३०० नम्बरको जेसिबीमा अज्ञात समूहले बिहीबार बिहान आगो लगाउँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *