भारतसँग लिम्पियाधुराको विवाद मात्र रहेको छ : मन्त्री बाँस्कोटा

डिसी नेपाल
२६ मंसिर २०७६ २०:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीको बारेमा सरकारले स्पस्ट गरिसकेकाले अब भारतसँग लिम्पियाधुराको विवाद मात्र रहेको बताएका छन् ।

बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा मन्त्रिपरिसद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले सुस्ताको विषय पनि कुनै प्रश्न नभएको र लिम्पयाधुराको विषयमा सम्पुर्ण प्रमाणहरु जुटाएर भित्रि प्रयासहरु गरिनुपर्ने बताए । उनले विशेष दुत पठाउने विषय पनि उठेको बताउँदै पठाउने दिन सबैले थाहा पाउने बताएका छन् ।
नक्सा पहिला देखि नै रहेको बताउँदै भारतले पछिल्लो समय नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले इतिहासमै पहिलो पटक डिप्लोमेटिक पत्र पठाएको समेत मन्त्री बास्कोटाले बताए ।

यसअघिका सरकारले यो काम नगरेको अवस्थामा सरकारले अहिले गरेको उल्लेख गर्दै यसलाई पहिलो स्टेजको रुपमा लिनुपर्ने उनको धारण थियो । त्यस्तै यो विषयमा नेपालले सत्य तथ्यहरु प्रस्तुत गरेर भारतलाई बुझाउन सक्नुपर्ने बताए । उनले सरकारले त्यसका लागि काम गरिरहेको बताए । हाम्रो आशाको मुल पक्ष भनेको पोजिसन देखि पोजिसनको कोणबाट नलिएर फरक कोणबाट हेरेर जानुपने उनको धारणा थियो । भारतले पनि सत्य र तथ्यहरुलाई स्विकार गर्ने विश्वास सरकारले गरेको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *