शुक्रबार हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने स‌ंभावना

डिसी नेपाल
२७ मंसिर २०७६ ७:२२

काठमाडौँ। देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। राती देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *