कार्यव्यस्ततालाई देखाउँदै नेकपा सचिवालय बैठक स्थगित
काठमाडाैं। नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।
यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो। नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ।
स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सचिवालय बैठक र स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागेका छन्।
सोही कारण सचिवालय बैठक सारिएको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालय बैठकबाट केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पनि पूर्णता दिने तयारी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment