‘लक्का जवान’को प्रदर्शन मिति सर्यो

डिसी नेपाल
२७ मंसिर २०७६ १२:३४

काठमाडौं। चर्चित हास्यकलाकार शिवहरी पौडेलको निर्देशकीय डेब्यू चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र अब चैत २१ गतेदेखि प्रदर्शनमा आउने शिवहरीले जानकारी दिएका छन्।

वितरकको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति हेरफेर गरिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको चलचित्रलाई ध्रुव वन्त र अनसुया वन्त श्रेष्ठले प्रस्तुत गरेका हुन्। किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल चलचित्रको कार्यकारी निर्माताका रुपमा रहेका छन्।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *