भारतले नेपाली भूमि मिचेको विरोधमा ह्वाइटहाउस अगाडि विरोध प्रदर्शन हुने

डिसी नेपाल
२७ मंसिर २०७६ १३:४९

अमेरिका । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको आयोजनामा भारतले नेपालको भूमि अतिक्रमण गरेको बिरुद्ध विशाल प्रदर्शनको आयोजना हुने भएको छ। डिसीनेपालसँगको विशेष कुराकानीमा विरोध प्रर्दन र्यालीका संयोजक कुलमणी आचार्यका अनुसार अमेरिकी समय आउँदो आइतबार १५ तारिखका दिन स्वस्फूर्त विरोध र्याली हुन लागेको हो ।

नेपाल सरकार, अमेरिकास्थित नेपाली दूताबास तथा अरु कुनै संस्थाको समर्थन तथा अनुरोधमा उक्त विरोध र्यालीको आयोजना हुन लागेको नभएको पनि उनले प्रस्ट्याएका छन् । विरोध र्यालीमा कुनै पनि संघसंस्थाले आफ्नो ब्यानर नल्याई कार्यक्रमस्थल ह्वाइटहाउस नजिक रहेको पार्कमा उपस्थित हुन सम्पूर्णलाई अनुरोध समेत गरेका छन् । साथै उनले विरोध र्यालीमा सहभागिता जनाउन सबैलाई १०ः३० बजे नेपाली पोशाकमा नेपाली झण्डा बोकेर उपस्थित भैदिन आग्रह गरेका छन् ।

विश्वको बलियो मुलुक अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि विरोध र्याली आयोजना गर्नुको कारण बारे प्रस्ट पार्दै संयोजक आचार्य भन्छन् ‘अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित ह्वाइट हाउस भनेको विश्वको राजनीतिक पावर सेन्टर हो । अमेरिका आफै पनि फ्रिडम अफ स्पिचमा विश्वास गर्ने मुलुक हो । ह्वाइट हाउस आसपासमा विश्वका राजदूतावासहरु भएकाले यो ठाउँमा बिरोध र्यालीको आयोजना गर्दा विश्वभर भारतले नेपाली भूमि अतिक्रमण गरेको जानकारी पुग्ने भएकोले यहाँ र्याली आयोजना गर्न लागिएको हो ।’

शान्तिपूर्ण विरोध आयोजना गर्न लागिएकोबारे सम्बन्धित निकायसँग अनुमति समेत लिइसकेको उनले जानकारीे गराएका छन् । हालै भारतले जारी गरेको नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय सीमाभित्र देखाइएपछि यसको विश्वभर रहेका नेपालीहरुले विरोध गर्दै आइरहेका छन् ।

विरोध र्यालीका संयोजक कुलमणी आचार्यसँग डिसीनेपालका लागि संदेश कुमार खड्काले गरेको विशेष कुराकानी (भिडियो):




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *