‘सेल्फी किङ्ग’को गीत ‘जाली रुमाल’ रिलिज

डिसी नेपाल
२७ मंसिर २०७६ १५:४९

काठमाडौं। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’को गीत सार्वजनिक गरिएको छ। पोष्टर र टिजरपछी निर्माण टिमले शुक्रबार ‘जाली रुमाल’बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक लोक शैलीको गीतमा विपिनसँगै अभिनेत्री केकी अधिकारी र भीमफेदी गाइज फिचर्ड छन्।

गीतमा बि.पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ भने अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर सुन्न सकिन्छ।

कथाअनुसार नै चलचित्रमा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ। गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ। गीतलाई भीमफेदी गाईजकै निर्मल लामाले कोरियोग्राफी गरेका हुन्।

सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन्। जहाँ विपिन हाँस्य कलाकारको रुपमा उपस्थित छिन्।

‘सेल्फीकिङ्ग’नामले परिचित एक चर्चित हाँस्यकलाकार(टेलिभिजन)को कलायात्राको दौरानमा आफुले पाएको सफलता र व्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ। ड्रामा प्लस कमेडी जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् चलचित्रमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ।

गतवर्षको सफल चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ्ग’ निर्माण गरेका हुन्। चलचित्र माघ २४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *