अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक पाउनुपर्छ : मन्त्री यादव

डिसी नेपाल
२७ मंसिर २०७६ १६:२०

सर्लाही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताएका छन्।

‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको शुक्रबार हरिवनमा सम्बोधन गर्दै उनले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो । “अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहुँदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उनले भने ।

यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उनले बताए। वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उनको जोड थियो । सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको मन्त्री यादवले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *