सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको संख्या थोरै भयो : गृहमन्त्री थापा

डिसी नेपाल
२७ मंसिर २०७६ १७:१४

काठमाडौं। गृह मन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताएका हुन्।

उनले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा नेपालले २५÷३० किलोमिटरको फरकमा रहेर सीमा सुरक्षा गर्नुपरेको बताएका छन्।

अहिले १ हजार ८०० किलोमिटर सीमा सुरक्षा गर्न कुल १ सय २ सीमा सुरक्षा पोष्ट मात्र रहेको बताउँदै त्यसलाई सरकारले विस्तार गर्न लागेको समेत बताए। उनले अहिले सशस्त्र प्रहरीको संख्या बढाउन गृह मन्त्रालयले प्रस्ताव गरेको समेत जानकारी दिए।

पछिल्लो समय लिम्पियाधुरा, कालापानीको कुल ३ सय ७२ किलोमिटर क्षेत्र र लिपुलेक लगायतका अन्य क्षेत्रमा गरी भारतले ४ सय किलोमिटर भन्दा बढी क्षेत्र अतिक्रमण गरेको गृह मन्त्री थापाले बताए। उनले कालापानी क्षेत्रमा १९६२ को भारत र चीनबीचको युद्ध पछि मात्र अतिक्रमण भएको र ऐतिहासिक नक्सा, संधि सम्झौताहरुबाट उक्त भूमि नेपालकै भएको पुष्टि हुने भएकाले भारत त्यहाँबाट हटनुपर्ने बताए।

उहाँले १९६२ को चीनसँगको युद्धमा भारतले नेपालको भूमिमा १८ ठाउँमा सेना राखेको बताउँदै १७ ठाउँबाट हटाएर एक ठाउँ कालापानीबाट नहटाएको र पछि त्यहि बलमा भारतले उक्त क्षेत्र अतिक्रमण गरेको बताए। उनँले उक्त भूभाग नेपालकै हो भन्नेमा सरकार स्पस्ट रहेको र फेरी भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको बताए।

उनले अहिले भारतीय पक्षले उपस्थिति बढाएको र हाम्रो भूमि महाकालि नदिको उद्गमस्थलसम्म पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने हुँदा सुरक्षाका लागि प्राविधिक कठिनाई उत्पन्न भएको समेत उनले बताए। दार्चुला क्षेत्रको सीमा सुरक्षाका लागि सरकारले नयाँ योजना बनाएर अगाडी बढ्न लागेकोसमेत उनले बताए।




प्रतिक्रिया

One thought on “सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको संख्या थोरै भयो : गृहमन्त्री थापा

  1. साथीहरु , हामी त कुनै कुरोहरुमा सही बाटो समातौ। हामीलाई बाहुन हैन , बिश्व चाहिन्छ। बाहुन ज्यादा खराब र नेपालको पनि हैन रहिच किनभने :- नेपालको हो रहिच जम्मू कश्मीर। तर जुनसुकै बेला पनि पाकिस्तान को सपोर्ट लिएर बोलेको छ। जब संसारले थाहा पाइसकेयो > खाना नपाएर , ” हिन्दुस्तान छिरेको मुस्सलवान ,
    मागेर , पाकिस्तान त इंडियाले दिएको, भनेपछि , जम्मू कश्मीर पाकिस्तानको हुन्छ ? तर बाहुन बिश्व लाई नै आँखामा रगतको छारो हाल्न खोज्दै छ। अरु मुस्सलिम्स मुलुकहरुले पनि थाह पाइसकेयो , जम्मू कश्मीर नेपालको हो भनेर। तर नेपालको बाहुन जत्ति पाकिस्तानको सप्पोर्टमा लेख्छ बोल्छ। बाहुन नेपालको हैना, भनेर पनि आफै देखाउँछ। बाहुन पत्रकार हरु , बाहुन जो सुकै लाइ पनि , बिदेशी अफिस.एम्बेसी हरु सबै तीर यो कुरो भन्दीने। भन्नै पनि पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *