उपसभापतिलाई साथमा लिएर देउवा पौडेल निवासमा

डिसी नेपाल
२८ मंसिर २०७६ १२:१०

काठमाडौँ । पछिल्लोसमय कांग्रेसको पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ ।

पार्टी भित्रको पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न पार्टी सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहानै पौडेल निवास बोहोराटार पुगेका हुन् ।

भेटमा शुक्रबारको बैठकमा देउवाले प्रस्तुत गरेका ९ एजेन्डाका विषयमा छलफल भएको सभापति देउवा निकट स्रोतले जनाएको छ। छलफलमा के सहमति भयो भन्ने विषयमा भने खुलाईएको छैन ।

पौडेल पक्षले बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबेगर पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव गर्न लागेको भन्दै बहिस्कार गरको थियो ।

शुक्रबार साँझ पौडेल पक्षको भेलाले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमितिमा उपस्थित नहुने बटमलाईन बनाएको छ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार आयोजना गरेरमात्रै महाधिवेशन कार्यतालिका ल्याउने अडान राखेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *