चुनावी मैदानमा काँग्रेसी र कम्युनिष्ट चिकित्सकहरु
काठमाडौं। नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमाा २ प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिवार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ।
शनिवार प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा लोचन कार्कीले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समुहबाट पुष्प मणि खरालले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिइएको थियो । अध्यक्षसँगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा डा बद्री रिजाल, डा अजयकुमार मिश्र, डा दिपेन्द्र पाण्डे र डा मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन्।
केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गराएको नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा विश्व राज दवाडीले जानकारी दिए।
नेपाल चिकित्सक संघको निर्वाचन चरणबद्ध रुपमा माघ ४ र ५ गते जिल्लाहरुमा १७ देखि २१ गतेसम्म केन्द्र हुने कार्यतालिका रहेको निर्वाचन अधिकृत डा युबिन यादवले जानकारी दिए। निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment