कालिञ्चोक दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटना, ठुलो हताहतिको आशंका

डिसी नेपाल
२९ मंसिर २०७६ ९:०८

नयाँ बानेश्वर । सिन्धुपाल्चोकको सुनकोशी–७ मा यात्रुवहाक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ठुलो हताहति भएको बताईएको छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित छ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बस सडकबाट ५० मिटर तल खसेर क्षत विच्छेद भएको छ ।

दुर्घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुको उद्धार भईरहेको र केहीको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *