यस्तो रेडियो स्टेशन, जसको माध्यमद्वारा एलियनसँग हुन्छ सम्पर्क

डिसी नेपाल
२९ मंसिर २०७६ ९:२०

काठमाडौं। जासुसी गर्ने मानिसका आ–आफ्ना तरिका हुन्छन्। कोही भेष परिवर्तन गरेर जासुसी गर्छन् भने कोही नाम परितर्वन गरेर जासुसी गर्छन्। तर आज हामी यस्तो जासुसीको विषयमा जानकारी दिन गइरहेका छौं, जसलाई थाहा पाएर तपाईँ चकित पर्नुहुनेछ।

जुन रेडियो स्टेशनको हामी जानकारी दिन गइरहेका छौं त्यो रेडियो स्टेशन रुसको सेन्ट पीटर्सवर्ग शहर भन्दा केही टाढा सुनसान ठाउँमा छ। यो रेडियो स्टेशनमा नियमित अन्तरालमा प्रशारण हुन्छ। त्यसपछि जसै रेडियो स्टेशन बन्द हुन्छ, त्यसपछि रेडियो स्टेशनबाट एक प्रकारको आवाज सुसिनन्छ। यो रेडियो स्टेशनमा यस्तो विचित्रको प्रशारण केही दशकदेखि जारी छ। अझ रोचक कुरा त के छ भने यो रेडियो स्टेशन कसले चलाइरहेको भन्ने कुनै रेकर्ड पनि छैन।

रुस सरकार समेत यो विषयमा अनभिज्ञता जाहेर गर्छ। यो रेडयो स्टेशनको नाम एमएडीजेडएजबीआई हो। पश्चिमी मुलुकमा यसलाई ‘बजर’ भनिन्छ। विगत ३५ वर्षदेखि यो रेडियो स्टेशनबाट विचित्रको आवाज धेरैले सुन्ने गरेका छन्। यसको उद्देश्य के हो भन्ने विषयमा अहिलेसम्म केहीपनि खुलेको छैन। हप्तामा एक वा दुई पटक एक पुरुष वा महिला एक दुई शब्द बोल्छन्। यो रेडियोमा सिधा कार्यक्रम वा समाचार प्रशारण नहुने कारणले विभिन्न अड्कल लगाइन्छ।

केही मानिसहरुका अनुसार यो रेडियोको सहयोगबाट रुसी सेना आफ्ना पनडुब्बीहरुसँग सम्पर्क गर्छ। अर्काथरीको अनुमान अनुसार यो रेडियोमार्फत रुस एलियनसँग सम्पर्क गर्छ। अझ अर्का थरीले के अनुमान लगाउँछन् भने रुसमा परमाणु आक्रमण हुने अवस्थामा यो रेडियो आफैं बन्द हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *