कस्तो होला विराज भट्टको कमब्याक ?

डिसी नेपाल
२९ मंसिर २०७६ १२:३५

काठमाडौं। एक्सन स्टार विराज भट्टले झण्डै चार वर्षअघि ‘जय पर्शुराम’मार्फत चलचित्रमा कमब्याक गरे।

कुनै समय नेपाली चलचित्रमा बलियो साम्राज्य बनाएका विराजको कमब्याकलाई दर्शक तथा चलचित्रकर्मीले चासोका रुपमा हेरेका थिए। तर, चलचित्रले धेरैलाई निराश बनायो।

उनै विराजको अभिनयसंगै  निर्देशकीय डेब्यू चलचित्र ‘साङ्लो’ माघ २४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। ‘जय पर्शुराम’ पछि झण्डै चार वर्षको अन्तरालमा प्रदर्शनमा आउँन लागेको ‘साङ्लो’लाई पनि धेरैले चासोका साथ हेरेका छन्। चलचित्रमा विराजले मिस नेपाल २०१७ निकिता चण्डकसंग जोडी बाँधेका छन्।

विराजलाई मात्र होइन् निकिताको करिअरका लागि पनि यो महत्वपूर्ण चलचित्र हो। किनकी यसअघि उनले अभिनय गरेको ‘रानीमहल’चलचित्रको छायांकन विचैमा रोकिएको थियो।
चलचित्रमा दुवैले निकै मेहनत गरेका छन् र उत्साहित पनि उत्तिकै देखिन्छन्।

केही साताअघि चलचित्रको ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरिएको थियो। यो गीतले अहिले राम्रो चर्चा पनि पाईरहेको छ। गीतमा पाएको प्रतिक्रिया हेर्दा दर्शकहरु चलचित्र हेर्न निकै उत्साहित छन्। अब चलचित्र कस्तो चल्ने हो? त्यो भने माघ २४ मै थाहा हुनेछ। शुभेक्षा गरौं, चलचित्रले दर्शकलाई निराश बनाउने छैन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *