फिल्मका लागि भाइसँग झगडा गरेको दृश्य सुटिङ गर्दा सलमानका आँखा रसाए

डिसी नेपाल
२९ मंसिर २०७६ १२:५६

मुम्बइ। सलमान खानको फिल्म ‘दबंग–३’ आगामी शुक्रबार रिलिज हुँदैछ । यसमा दुई दाजुभाइको ‘महाभारत’ समेत हेर्न पाइनेछ । फिल्मको कथाबारे बाहिरिएको जानकारीअनुसार चुलबुल पाण्डे (सलमान खान)को प्रगति देखेर उनका भाइ माखनचंद पाण्डे उर्फ मख्खी (अरबाज खान) पनि ठूलो मान्छे भन्ने सपना देख्न थाल्छन् । तर यसको लागि उनले गलत बाटो अपनाउँछन् । यो कुरा थाहा पाएपछि चुलबुल र मख्खीबीच द्वन्द्व हुन्छ ।

फिल्मको सुटिङ सेटमा रहेका टिमका एक सदस्यले बताएअनुसार यो दृश्य केवल फिल्मको लागि गरिएको अभिनय थियो तर यो सिन सुटिङ गरेपछि सलमानका आँखा रसाएका थिए । उनी आफ्ना भाइहरु र पूरै परिवारसँग अगाध प्रेम गर्छन् । सुटिङका क्रममा भाइसँग भिडन्त गर्नुपर्दा समेत उनले यसलाई सहन सकेका थिएनन् । सलमानका भाइ अरबाज सुरुदेखि नै दबंग सिरिजमा चुलबुल पाण्डेको भाइको भूमिकामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *