अर्जुनन रेड्डीकी हिरोइन बलिउडमा आउँदै, रणवीर सिंहसँग काम गर्ने

डिसी नेपाल
२९ मंसिर २०७६ १५:३७

मुम्बइ । तेलुगु ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिउडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केही महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन रेड्डी फेम हिरोइन शालिनी पाण्डेले पनि बलिउडमा ठुलो ब्रेक पाएकी छन् ।

अभिनेत्री पाण्डेले रणवीर सिंहको आउदो फिल्म जयेशभाई जोरदारमा यशराज ब्यानरले साइन गरेको छ । यशराजले पाण्डे रणवीरको अपोजिट हुने कन्फर्म गरेको छ । यो फिल्म महिला सशक्तिकरणमा बन्न लागेको बताइएको छ । यस फिल्ममा रणवीर सिंह एक गुजरातीको भूमिकामा देखिदै छन् ।

पाण्डेले बलिउड डेब्युका बारेमा खुशी व्यक्त गर्दै यशराज ब्यानरबाट कास्ट हुने कलाकारको सपना हुने भन्दै आफुले यस अवसरको सदुपयोग गर्दै आफ्नो प्रतिभा देखाउने बताएकी छन् । यो फिल्मलाई दिव्यांग ठक्करले निर्देशन गर्दै छन् भने फिल्म आउदो बर्ष रिलिज हुदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *