पौडेल पक्षको बहिस्कारका बावजुद काँग्रेस बैठक जारी, देउवाविरुद्ध रणनीति बनाउन पौडेलको भेला हुँदै
फाइल तस्वीर
काठमाडौं। पार्टीको आगामी महाधिवेशनको एजेण्डा बैठकमा राख्नुपर्ने माग गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बहिस्कार गरे पनि पार्टी बैठक भने धमाधम बसेको छ।
गएको बिहीबार पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेपछि शुक्रबार र शनिबार सभापति शेरबहादुर देउवाले पौडेललाई फकाउने प्रयास गरेका थिए।
शुक्रबार पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधीबीच भएको वार्ता सकरात्मक भने पनि पौडेल पक्षले आइतबार पनि पार्टीको बैठक बहिस्कार गरेको छ।
पौडेल पक्षले बहिस्कार गरे पनि सभापति देउवाले बैठकलाई भने निरन्तरता दिएका छन्। यतिबेला पनि पार्टीको बैठक जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
संस्थापन पक्षले आफुहरुको कुरा नसुनेर लगातार बैठक राखेपछि पौडेल समूहले आगामी रणनीति बनाउनेबारे आइतबार बेलुका आफ्नो समूहको भेला बोलाएको पौडेल निकट एक नेताले डिसी नेपाललाई बोलाए। आइतबार बेलुका महामन्त्री संशाक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षले भेला बोलाएको छ। सो भेलाले सभापति देउवासँग कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने ती नेताले डिसी नेपाललाई बताए।
सभापति देउवाले महाधिवेशनको एजेण्डा बैठकमा नराखेर ४१ विभाग गठनको प्रस्ताव केन्द्रीय कार्य समिति बैठकमा पेश गराएका छन्। कार्यकाल सकिन ३ महिनामात्र बाँकी रहेको बेला विभाग गठन गर्ने सभापति देउवाको नीतिले आफुहरु आगामी महाधिवेशनमा कमजोर हुने आकलनका साथ पौडेल पक्षले बैठक नै बहिस्कार गरेको हो। आफु आगामी महाधिवेशनमा बलियो हुने गरी देउवाले विभाग गठनको तयारी गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment