नौ सय बोतल लागुऔषधसहित पक्राउ

डिसी नेपाल
२९ मंसिर २०७६ १९:४५

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आइतबार ९ सय बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए ।

भारतबाट अवैध रुपमा लागुऔषध बोकी नेपाल आएका युवक महतोलाई मटिहानी नपा–९ स्थित जलसागर नजीकै सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट लागुऔषध फेनारगन ३ सय बोतल, नुफिन २ सय ९४ बोतल, डाइजेल्याब २ सय ९५ बोतल, घडी थान एक र १० किलोग्राम चामल बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *