अघिल्लो दिन ‘हार्दिक श्रद्धाञ्जली’ लेखेका केशव भट्टराईले भोलिपल्टै संसार छाडे

डिसी नेपाल
३० मंसिर २०७६ ११:१२

काठमाडौं। नेपाली चलचित्र क्षेत्रले लगातार २ दिनमा २ जना बरिष्ठ कलाकर्मी गुमाएको छ । अघिल्लो दिन बरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधन भएकोमा भोलिपल्टै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अप्रत्याशित निधन भयो । दुई दिग्गज चलचित्रकर्मीको निधनले अहिले नेपाली कला क्षेत्र शोकमा छ ।

शनिबार दीपक क्षेत्रीको निधन भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले शनिबार बेलुकी सवा ८ बजे फेसबुकमा क्षेत्रीप्रति श्रद्धाञ्जली दिँदै एउटा पोस्ट गरेका थिए । उनले लेखेका थिए ‘दीपकजी तपाइँको आत्मशान्तिको कामना गर्दछु । हार्दिक श्रद्धाञ्जली ।’ त्यसको २४ घण्टामै अर्को दुःखद् घटना भयो । श्रद्धाञ्जली दिने केशव भट्टराई स्वयं नै संसारमा रहेनन् ।

२४ घण्टाअगाडि एक कलाकर्मीलाई श्रद्धाञ्जली अर्पण गरेका अर्का कलाकर्मीप्रति समेत श्रद्धाञ्जली अर्पण गर्नुपर्यो । अर्को दुखद् संयोग यी दुवै कलाकर्मीको आज एकैदिन अन्तिम संस्कार हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *