संविधान प्रतिकुल ऐन बनाउने काम नगर्न सरकारलाई कांग्रेसको चेतावनी
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले संघीय संसदमा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ का विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले संसदमा दर्ता गराएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी नेपालको संविधान प्रतिकूल ऐन बनाउने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।
प्रमुख सचेतक खाँडले विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हकको प्रतिकूल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न माग गरेका छन्। उनले संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई नेपाली कांग्रेस सचेत गराएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment