चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने

डिसी नेपाल
३० मंसिर २०७६ १४:०७

काठमाडौं। नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उनले चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई अहिले चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको छ । त्यसपछि आज नै पशुपतिमा दाहसंस्कार गर्ने तयारी छ ।
भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनुअघि नै उनको निधन भैसकेको डाक्टरले बताएका छन् । ५२ वर्षीय भट्टराईकी श्रीमती र एक छोरा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *