बलिउड अभिनेत्री पायल रोहतगीलाई अदालतले जेल पठायो

डिसी नेपाल
३० मंसिर २०७६ १५:००

मुम्बइ। बलिउड अभिनेत्री पायल रोहतगीलाई अदालतले जेल सजाय सुनाएको छ । पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतिलाल नेहरुविरुद्ध आपत्तिजनक भिडियो बनाएको र त्यसलाई अनलाइनमा शेयर गरेको मुद्दामा अदालतले उनलाई २६ डिसेम्बरसम्मका लागि जेल सजाय सुनाएको हो । पायललाई हालै यस मुद्दामा बूंदी पुलिसले अहमदाबादबाट पक्राउ गरेको थियो ।

गिरफ्तारीपछि पायल र उनका पार्टनर संग्राम सिंहले ट्वीटरमा प्रधानमन्त्री मोदी र गृह मन्त्रालयसँग मद्दत मागेका थिए । यद्यपि यो मुद्दामा उनीहरुलाई कुनै मद्दत दिइएन । उनको जमानत याचिका पनि अदालतले खारेज गरिदिएको छ । अदालतको फैसलासँगै अब उनी २६ डिसेम्बरसम्म जेल बस्नुपर्नेछ । पायल पक्राउ परेपछि उनी आफैंले ट्वीट गरेर यो कुरा शेयर गरेकी थिइन् । यो खबर तत्कालै फैलिएको थियो ।

पायलविरुद्ध समाजसेवी तथा युथ कांग्रेसका नेता चर्मेश शर्माले उजुरी दिएका थिए । उजुरीकर्ता चर्मेश शर्माले लगाएको आरोप अनुसार पायलले गरेको पोस्टमा पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको मृत्युलाई लिएर पनि यस्ता कुराहरु लेखिएका थिए जसबाट भारतको विदेश सम्बन्ध प्रभावित हुने खतरा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *