नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता

डिसी नेपाल
३० मंसिर २०७६ २१:५७

काठमाडौं । नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका छन् ।

ओमानको राजधानी मस्कटस्थित विदेश मन्त्रालयमा आज भएको वार्तामा परराष्ट्र सचिव शङ्करदास वैरागी र त्यहाँका महासचिव वद्र बिन हमाद बिन हमुद अल्बुसैदीबीच सौहाद्र्रपूर्ण वातावरणमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव वैरागीले नेपालमा वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण तयार भएको, कानूनी तथा नियमन व्यवस्था सहज एवं सरल तुल्याइएको जानकारी दिँदै भौतिक पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न ओमानलाई आग्रह गरे।

उनले नेपाल र ओमानबीच श्रमिक आपूर्ति तथा पर्यटन प्रवद्र्धनका निम्ति भएको समझदारीका साथै कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने व्यवस्थाबाट दुई देशको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुगेको बताए ।

ओमानका विदेश सचिवले सन् २०१७ मा नेपालका प्रधानमन्त्रीबाट भएको ओमान भ्रमणको स्मरण गर्दै सचिव वैरागीले लगानीलगायत पारस्परिक सहयोग र साझेदारीका निम्ति गर्नुभएको अनुरोधलाई सकारात्मक रुपमा लिएको बताए । नेपालसँग आर्थिक साझेदारीका साथै लगानीको आश्वासन पनि उनले दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *