सिद्धार्थले केटी बनेर रविसँग प्रेम गरे, ३ वर्षपछि…

डिसी नेपाल
१ पुष २०७६ १२:००

काठमाडौं। यो कहानी फिल्मी होइन, वास्तविकता हो । तीन वर्ष पहिले सुरु भएको एउटा प्रेम कहानीको अहिले दुःखद अन्त्य भएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार ३ वर्ष पहिले मध्य प्रदेशको हरदा जिल्लाका सिद्धार्थ पटेलले फेसबुकमा सन्जना बनेर राजस्थानको जोधपुरका रवि इनाणियासँग मित्रता सुरु गरे । उनले आफूलाई दिल्लीकी सन्जना बताएका थिए । उनी युवतीकै आवाजमा कुरा गर्थे । असलमा उनी सन्जना होइन सिद्धार्थ थिए ।

सिद्धार्थले रविलाई पहिलो म्यासेजमा ‘हाइ’ भनेका थिए । दुई अक्षरको यो सम्बोधनबाट सुरु भएको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहसम्म पुग्यो । विवाहमा शनि र मंगलको दोष भएको भन्दै सिद्धार्थले रविलाई चार पटक गरेर १० हजार ४ सय मिलोमिटर नर्मदा नदीको यात्रा गराए ।

केटीको आवाजमा कुरा गर्न महारथी सिद्धार्थले सन्जनाका भाइ बनेर तीन वर्षमा रविको पैसामा उनको साथमा धेरै ठाउँ घुमे । लाखौं रुपैयाँ खर्च गरेपछि पनि सन्जनासँग नभेटाएपछि रविले पुलिस केस गरिदिए । चौहाबो पुलिसले सिद्धार्थलाई पक्राउ गरेको छ । अदालतले सोमबार उनलाई ७ दिनको न्यायिक हिरासतमा पठाएको छ । उनले ोधपुछमा जो खुलासा गरे त्यो कुनै फिल्मी कहानीभन्दा कम छैन ।

रवि भन्छन् ‘सिद्धार्थले त सजाय पाउँछन् तर मेरो के हुन्छ ? म सन्जनासँग यति जोडिइसकेको छु कि वर्षौंसम्म उनलाई बिर्सिन सक्दिन । पुलिसका अनुसार आरोपी हरदा जिल्लाको भंवर तालाब हंडिया गाउँका हुन् । उनी गृह मन्त्री अमित शाहको आवाज पनि निकाल्न सक्छन् । पीडित रविले कहिल्यै सन्जनासँग भेटेका छैनन् र उनीहरुको भिडियो कलमा पनि कुरा भएको छैन ।

सिद्धार्थले सन्जनाको पूरा परिवार नै तयार गरेका थिए । उनले कन्फ्रेन्सिङमै सबैको आवाजमा कुरा गर्थे । अलग अलग ९ सिम कार्डबाट सन्जना, उनकी फुपु, सानीमा, भाइ, पिता र सौतेनी आमा बनेर कुरा गर्थे । अलग अलग आवाजका कारण रविलाई विश्वास हुँदै गयो । फोनमा रवि सम्झन्थे कि उनी सन्जनासँगै कुरा गरिरहेका छन् ।

कहिले उनका भाइ सिद्धार्थले सन्जना बिरामी भएको बताउँथे । यो पनि भन्थे कि यसको लागि रविले नर्मदा परिक्रमा, कामाख्या माता, ओंकारेश्वरमा परिक्रमा र तन्त्र मन्त्र गर्नुपर्ने हुन्छ । बिहेको आशामा रविले ३ वर्षमा करिब १ लाख किलोमिटर भन्दा धेरै यात्रा गरे ।
पुलिसले सोमबार सिद्धार्थ र रविलाई आमनेसामने राखेर क्रस इग्जामिन गरे । अधिकारी पनि दंग परे, जब सिद्धार्थले सन्जनाको अडियोको हुबहु आवाज निकाले । यद्यपि रवि भने मान्न तयार छैनन् । उनले भने ‘हो यो आवाज मेरी सन्जनाकै हो तर यो सिद्धार्थ सन्जना होइन ।’

रविका अनुसार उनी र उनको परिवार सन्जनाको अस्तित्व नै छैन भन्ने कुरा मान्न तयार छैनन् । उनका मातापिता पनि यही भन्छन् कि सन्जना छिन् । तर, रविकी पत्नी भने यो मान्दिनन् । सन्जनाले रविका मातापिता, बहिनी र भाइसँग कुरा गरिसकेकी छिन् । उता सिद्धार्थले पनि सन्जनाको पिता बनेर रविको पितासँग, सन्जनाकी फुपु बनेर रविकी आमा र बहिनीसँग कुरा गरिसकेका छन् । यी सबै तथ्यको पनि पुलिसले जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *