पौडेल समूहले बोलाएका आफू पक्षीय तरुण दलको भेला

डिसी नेपाल
१ पुष २०७६ १२:१२

काठमाडौं। गुटगत राजनीतिको शिकार भएको नेपाली कांग्रेसभित्रको विवाद झनै बढेर गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा पेलेर जान खोजेको भन्दै विरोध गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पनि  आफू पक्षीय तरुण दलका नेताको भेला बोलाएको छ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगंजमा पौडेल समूहले तरुण दलको भेला बोलाएको महामन्त्री कोइराला निकट स्रोतले जानकारी दियो। महामन्त्री कोइराला भने भेलामा अनुपस्थित छन्। उनी चितवनमा एक कार्यक्रममा सहभागी हुन चितवन जाँदैछन्।

भेलामा तरुण दलको विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ। तरुण दलभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्कालाई कारवाही गरेको घोषणा गरेका थिए। तरुण दलको तीन वर्षे कार्यकाल सकिइसकेको छ।

संस्थापन पक्षले नेविसवंघ र तरुण दलको म्याद थप्ने तयारी गरिरहेका बेला  पौडेल समूहले आफू पक्षीय तरुण दलका नेताको भेला बोलाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *