आमिर खानकी छोरीले गराइन् बोल्ड फोटोसुट, फयानले भने – ‘हिरोइन बन’

डिसी नेपाल
१ पुष २०७६ १२:२६

मुम्बइ। आमिर खानकी छोरी इराले इन्स्टाग्राममा आफ्नो नयाँ फोटोशूटका तस्वीर पोस्ट गरेकी छिन् । यो फोटोमा इरा निकै हट देखिएकी छिन् । फोटोसुटमा उनी थाइ स्लिट, ब्याकलेस गाउनका देखिएकी छिन् । २१ वर्षकी इराको यो फोटोसुटको सामाजिक ंजालमा तारिफ भइरहेको छ । केही फ्यानहरु उनलाई बलिउडकी हिरोइन बन्न सल्लाह दिइरहेका छन् ।

यद्यपि इरा भने अहिले पर्दापछाडि नै खुसी छिन् । इराले ‘युरिपाइड्स मेडिया’ नामको छोटो फिल्म निर्देशन गरेकी छिन् । यसको प्रदर्शन भारतका खास शहरहरुमा गरिनेछ । यो निर्देशनकको रुपमा उनको पहिलो शो हो । यसको प्लट ग्रीक मिथोलोजीबाट लिइएको छ । यमा धेरैजसो दुखान्त कथाहरु छन् । यसको प्रिमियर यही डिेम्बरमा हुँदैछ ।

इरा आमिरकी पूर्वपत्नी रीना दत्ताकी छोरी हुन् । पूर्वपत्नीतर्फबाट आमिरकी छोरी इरासँगै छोरा जुनैद छन् । २००५ मा आमिरले किरण रावसँग बिहे गरेका थिए । आमिर किरणका एक छोरा आजाद छन् । इरालाई बाल्यकालदेखि नै संगीतमा रुची छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *