अमेरिका प्रदर्शनमा ‘मिष्टर नेपाली’

डिसी नेपाल
१ पुष २०७६ १३:०१

काठमाडौं। कार्तिक २९ गतेदेखि नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘मिष्टर नेपाली’ अमेरिकामा प्रदर्शन हुने भएको छ।

नेपाल प्रदर्शन अघि पनि अमेरिका प्रदर्शनमा आएको चलचित्र नयाँ वर्ष २०२० को अवसरमा पुनः अन्य स्थानहरुमा प्रदर्शन हुन लागेको निर्देशक देव भुषालले जानकारी दिए।

१५ डिसेम्बरमा अष्टिन टेक्ससमा चलचित्रको सफल प्रदर्शन गरिएको थियो। त्यस्तै आगामी २२ डिसेम्बरमा वासिङटन डिसीमा चलचित्रको प्रदर्शन हुँदैछ। यस्तै २९ डिसेम्बरमा न्यूयोर्क र जनवरी ३, ४ र ५ मा टेक्सासको डलासमा ‘मिष्टर नेपाली’ प्रदर्शन गरिने निर्देशक भुषालले बताए।

राष्ट्रियताको कथालाई कमेडी शैलीमा पस्केको चलचित्रमा अभिनेता भूवन केसी दोहोरो भूमिकामा प्रस्तुत छन्। चलचित्रमा साहिल श्रेष्ठ र कुसुम राउत शीर्ष भूमिकामा छन् भने सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता प्रेमराज दाहाल हुन्।

देश तथा परदेश जहाँ रहेपनि आफ्नो कला, संस्कृति तथा गाउँ–ठाउँलाई विर्सनु हुँदैन भन्ने मूल मर्ममा ‘मिष्टर नेपाली’ निर्माण भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *