पल र पूजाको ‘तिम्रो घरको वरिपरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

डिसी नेपाल
१ पुष २०७६ १३:५९

काठमाडौं। चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतलाई स्रोता तथा दर्शकले रुचाएका छन्। गीत युट्युबमा १७ लाख बढी भ्यूज कमाउँदै ट्रेन्डिङको पहिलो स्थानमा छ भने टिकटकमा पनि यो गीत हिट बनेको छ।

गत बिहीबार मात्र यो गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ।

सौरभ लामाले खिचेको गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र पूजा शर्मा देखिएका छन्। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतको अडियो र भिडियो दुबै बलियो बनेको छ।

सांगीतिक प्रेमकथामा सुदर्शन थापाको निर्देशनमा यो चलचित्र निर्माण भएको हो। सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

फागुनको २३ गतेदेखि यो चलचित्र नेपालभर प्रदर्शनमा आउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *