पल र पूजाको ‘तिम्रो घरको वरिपरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा
काठमाडौं। चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतलाई स्रोता तथा दर्शकले रुचाएका छन्। गीत युट्युबमा १७ लाख बढी भ्यूज कमाउँदै ट्रेन्डिङको पहिलो स्थानमा छ भने टिकटकमा पनि यो गीत हिट बनेको छ।
गत बिहीबार मात्र यो गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ।
सौरभ लामाले खिचेको गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र पूजा शर्मा देखिएका छन्। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतको अडियो र भिडियो दुबै बलियो बनेको छ।
सांगीतिक प्रेमकथामा सुदर्शन थापाको निर्देशनमा यो चलचित्र निर्माण भएको हो। सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
फागुनको २३ गतेदेखि यो चलचित्र नेपालभर प्रदर्शनमा आउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment