बलिउड अभिनेत्री पायल रोहतगीलाई जेलमा हत्या, लुट र लागूऔषधका आरोपीसँग राखियो

डिसी नेपाल
१ पुष २०७६ १३:५३

मुम्बइ। बलिउड अभिनेत्री पायल रोहतगीलाई बुंदी जेलमा हत्या, लुट, लागू औषधको तस्करी जस्ता अभियोग लागेका महिला कैदीहरुसँग राखिएको छ । उनी जेल रेकर्डमा कैदी नम्बर २६१६ हुन् । सोमबार अदालतले २४ डिसेम्बरसम्मको लागि उनलाई न्यायिक हिरासतमा पठाएको थियो । गान्धी–नेहरु परिवारको विरुद्ध आपत्तिजनक भिडियो पोस्ट गरेको अभियोगमा आइतबार राजस्थान पुलिसले गुजरातको अहमदाबादबाट पायललाई पक्राउ गरेको थियो ।

मंगलबार पायलको जमानत याचिका अदालतमा पेश गरिएको थियो । त्यससमा सुनुवाइपछि मात्रै उनलाई जमानत दिने वा नदिने निर्णय हुनेछ । सोमबार अदालतबाट फर्किने क्रममा पायल सिर झुकाएर हिँडेकी थिइन् । उनका हुने वाला पति रेस्लर संग्राम सिंहको अनुहारमा तनाव थियो । जेलमा पायललाई हत्या, लुट, तस्करी लगायत अभियोग लागेका महिलाहरुसँग राखियो । सबै महिला कैदी अण्डरट्रायल (फैसला हुन बाँकी) हुन् । जेलमा पायल छैटौं महिला कैदी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *