‘शुभ मंगल’मा सुरवीना, कुशलसंग बाँध्नेछिन् जोडी

डिसी नेपाल
१ पुष २०७६ १४:२७

काठमाडौं। प्रेमकथामा आधारित रहेर चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ।

अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदीक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्नेछन्।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन्।

अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम–सम्बन्धलगायतका विविध बिषयमा निर्माण हुने चलचित्रको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ।

निर्देशक अधिकारीकै लेखन रहेको चलचित्रको सुटिङ केही समयपछि थालिने छ। चलचित्रका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *